चैत्र १९ गते नेपाली काँग्रेसको चन्द्रागिरि नगर कार्यसमितिको कार्यालय स्थापना हुने
थानकोट ।
आसन्न स्थानीय निर्वाचन समेतलाई ध्यानमा राख्दै सत्तारूढ दल नेपाली काँग्रेसले चन्द्रागिरि नगर कार्य समितिको कार्यालय स्थापना गर्ने भएको छ । चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलमा शनिबार बिहान ७ः३० बजे नेपाली काँग्रेसका बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँको उपस्थितिमा उक्त पार्टीको नगर समितिको कार्यालय शुभारम्भ हुन लागेको नेपाली काँग्रेस चन्द्रागिरि नगर कार्य समिति सचिव नविन महर्जनले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।












