७ हजार ४४६ मतान्तरसहित काठमाण्डाै ४ मा गगन थापाको ह्याट्रिक

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रतिनिधि सभा सदस्यमा लगातार तेश्रो पटक विजयी भएका छन् । ह्याट्रिक जित निकाल्ने क्रममा थापाले काठमाडौं-४ मा नेकपा एमालेका राजन भट्टराईलाई फराकिलो मतअन्तरले पराजित गरेका हुन् ।

भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे ।  गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्‍मेदवार १३ हजार ८५५ मत पाए ।

२०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३ हजार २ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।

२०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए ।

२०६४ मा थापा समानुपातिक सांसद थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *