चन्द्रागिरिका पुराना कम्युनिष्ट नेता भुर्तेलको निधन
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ वाडभज्याङका पुराना कम्युनिष्ट नेता सानुबाबु भुर्तेलको निधन भएको छ।
नेकपा एमाले काठमाडौ जिल्ला परिषद सदस्यसमेत रहेका ५५ वर्षीय भुर्तेल खुट्टाको नसा सम्बन्धी जटिल समस्याबाट ग्रसित थिए ।
भारतको दिल्लीस्थित अस्पतालमा उपचार गराइरहेका भुर्तेलको उपचारकै क्रममा हृदयघात भइ निधन भएको चिकित्सकले बताएको पारिवारिक स्रोतले जानकारी दियो ।
मृतक भुर्तेलको शव सडकमार्ग हुँदै आज चन्द्रागिरि नगरपालिका २ वाँडभज्याङ ल्याइएको छ । उनको आजै स्थानीय देवमति घाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।












