आधा घण्टामै सकियो कांग्रेस संसदीय दलको बैठक

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक आधा घण्टामै सकिएको छ । शनिबार सिंहदरबारमा बसेको बैठकले कुनै ठोस निर्णय गरेन ।

दिउँसो २ बजेतिर सुरु भएको बैठक साढे २ बजे नै सकिएको हो ।

तर, पुस २६ गते बिहान ९ बजे बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्ने सहमति भएको कांग्रेस सांसद सुनिल शर्माले जानकारी दिए ।

आजको बैठकमा प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे प्रशिक्षण दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *