सभामुख पदको निर्वाचन माघ ५ गते
थानकोट ।
प्रतिनिधिसभा सभामुख पदको निर्वाचन माघ ५ गते हुने भएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सभामुख पदको निर्वाचनको मितिबारे संसदलाई जानकारी गराएका हुन् ।
उनले संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सो निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिए। सभाका ज्येष्ठ सदस्य राणाले भने, ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधिसभा सभामुख पदको निर्वाचनका लागि माघ ५ गते बिहीबारको दिन तोकेका हुन् । साथै सोही नियमको उपनियम १ बमोजिम संघीय संसदको महासचिव डा. भरतराज गौतमलाई सभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धि सूचना मिति २०७९ माघ ३ गते मंगलबारको दिन प्रकाशित गर्न समेत निर्देशन दिन्छु ।’ सत्तारुढ दलहरुबीच सभामुख नेकपा (एमाले) लाई दिने सहमति भएको छ ।














