पृथ्वी जयन्तीको अवसरमा राप्रपाको चियापान कार्यक्रम

Thankot Times

थानकोट ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जलपान समारोह आयोजना गरेको छ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा जलपान समारोह आयोजना गरिएको हो।

उक्त समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापा पनि उपस्थित थिए। गतवर्ष मंसिरमा भएको राप्रपाको महाधिवेशनमा पराजित भएपछि उनी छुट्टिएका थिए। महाधिवेशनपछि उनीहरूबीच पहिलो पटक भेट भएको हो।

यसैगरी समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उपस्थित थिए।

सरकारले पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *