राप्रपाका भुवन पाठक सत्ता गठबन्धनबाट बागमती प्रदेश सभामुखको उम्मेदवार

Thankot Times

थानकोट ।

बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् ।

राप्रपाले बुधबार उनलाई सभामुखको उम्मेदवार बनाउने टुंगो लगाएको एक नेताले जानकारी दिए ।

सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो ।

बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *