राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जा मन्त्री बन्दै

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन आफै पार्टीको नेतृत्व गर्दै  सरकारमा जाने भएका छन् ।

राप्रपा स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुन लागेका हुन् । उनले उर्जा मन्त्रालयमा इच्छा देखाएको बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार भएको मन्त्रालय भागबन्डासम्बन्धी छलफलमा भागबन्डाबारे मोटामोटी सहमति भइसकेको छ । सो सहमतिलाई गठबन्धन बैठकबाट अन्तिम रूप दिइएपछि मन्त्रिपरिषद् विस्तारको बाटो खुल्नेछ ।

१४ सिट रहेको राप्रपाबाट लिङ्देनबाहेक अरु को-को मन्त्री बन्ने भन्नेबारेमा भने स्पष्ट भइसकेको छैन् । राप्रपामा मन्त्रीको आकाङ्क्षीहरू धेरै भएकाले पार्टीमा छलफल गरेर अन्तिम निर्णय लिइने ती नेताको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *