बागमती प्रदेशका नवनिर्वाचित सभामुख पाठकले लिए पद तथा गोपनीयताको शपथ

Thankot Times

थानकोट ।

बागमती प्रदेशका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार प्रदेशसभा बैठकबाट पाठक सभामुख पदमा ६२ जना सांसदको हस्ताक्षरसहित निर्वाचित भएका थिए ।

सभामुख पाठकलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका थिए । सभामुख पाठकले आज नै पदभार ग्रहण गरेका छन् भने आज दिउँसो उनको अध्यक्षतामा प्रदेश सभाको बैठक सञ्चालन भएको छ । बैठकले माघ २ गतेका लागि उपसभामुखको निर्वाचन कार्यक्रम गर्ने निर्णय गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *