बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिंदै

Thankot Times

थानकोट ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिंदैछन् ।

प्रदेश सभाको आज अपराह्न बस्ने बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री जम्मकट्टेलले गत पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

आज बस्ने प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली, २०७४ अनुसार विश्वासको मत विभाजनका लागि आवश्यक प्रक्रिया तयारी पूरा भइसकेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेमकिपाका २ र हाम्रो नेपाली पार्टीका २ सदस्य छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *