कुन दलबाट कसले लिँदैछन् मन्त्री पदको सपथ ?
थानकोट ।
नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको सपथ लिँदैछन् ।
नेकपा माओवादी केन्द्रले पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । उसले चार मन्त्रालय र एक राज्यमन्त्री लिने सहमति सत्ता साझेदार दलहरुका बीचमा भएको थियो । सो पार्टीबाट रेखा शर्मा सञ्चार मन्त्री बन्ने भएकी छन् । सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।
माओवादीको भागमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि छ । अमनलाल मोदीलाई शपथका लागि राष्ट्रपति भवन शितल निवास बोलाइएको छ तथापी उनको मन्त्रालय भने खुलाइएको छैन् ।
त्यस्तै, नेकपा एमालेहरुबाट मन्त्री बन्नेहरुको नामावली पनि टुंगिएको छ ।
सो पार्टीबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने भएका छन् ।
पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बन्ने भएका छन् । बाँकी मन्त्रीहरुको विभागीय मन्त्रालय अध्यक्ष ओलीले टुंग्याउनेछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय गरेको छ । यस्तै, तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ध्रुवबहादुर प्रधान मन्त्री बन्ने पक्का भएको छ ।
राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । नेताहरुका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन आफैं उपप्रधान तथा ऊर्जामन्त्री हुनेछन् । अरु मन्त्री छनोटको अधिकार पनि लिङ्देनलाई नै दिइएको बताइएको छ ।
उपाध्यक्ष ध्रुवबहादुर प्रधान मन्त्री बन्ने भएका छन् ।
यस्तै ध्रुवबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन् भने विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने भएका छन् ।
राप्रपा स्रोतका अनुसार दिपक सिंहलाई राज्यमन्त्री बनाउने तयारी छ ।














