कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने
थानकोट ।
नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ । सहमहामन्त्री जीवन परियारले समानुपातिक सांसद न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने तय भएको रातोपाटीलाई जानकारी दिएका हुन् ।
बिहान पार्टीको पदाधिकारी बैठकले सभामुख पदमा महिलालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्ता गठबन्धन दलको तर्फबाट सभामुखका लागि एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।














