सोविता गौतमलाई सत्ता साझेदार दलबाट उपसभामुख बनाउने तयारी !
थानकोट ।
काठमाडौं क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित सांसद् सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरिएको छ ।
सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की गौतमलाई बनाउने तयारी गरिएको हो ।
‘उपभामुख हाम्रो पार्टीबाट बनाउने फिक्स भइसकेको छ’ रास्वपाका एक नेताले भने, ‘कसलाई बनाउने भन्ने विषयमा पात्र टुंगो लागेको छैन् । हामीले भोलिसम्म फाइनल गछौं ।’
कानुनका विषयमा जानकार भएकाले गौतमलाई नै उपसभामुख बनाउनपर्ने मत बलियो हुँदै आएको छ । शुक्रबार रास्वपाले आधिकारिक निर्णय गरेर सार्वर्जनिक गर्ने तयारी गरेको छ ।














