बागमती प्रदेशमा कम्तीमा तीन मन्त्रालय घट्ने

Thankot Times

थानकोट ।

बागमती प्रदेशमा कम्तीमा तीन मन्त्रालय घट्ने भएका छन् ।

प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाको संयोजकत्वमा रहेको अध्ययन कार्यदलले दुईवटा विकल्प अघि सारेको छ । जसअनुसार मन्त्रालयको संख्या १४ बाट ११ वा नौ वटामा झर्न सक्नेछ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पनि अधिकतम ११ र न्यूनतम नौवटा मन्त्रालय बनाइने बताएका छन् ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालयको संख्या आठबाट बढाएर १४ पुर्‍याएका थिए भने मन्त्रिपरिषद् १८ सदस्यीय बनेको थियो । जम्कट्टेल २५ पुसमा मुख्यमन्त्री बनेपछि मन्त्रिपरिषद् विस्तार भने गर्न सकेका छैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *