केशव पोखरेललाई बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी
थानकोट ।
बागमती प्रदेश मन्त्रिपरिषदमा एमालेले थप तीन मन्त्रीको जिम्मेवारी टुंगो लगाएको छ ।
मकवानपुरका एकालाल श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ र काठमाडौंका केशव पोख्रेललाई एमालेले प्रदेश सरकारमा पठाउँदैछ ।
एकालाल श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ मन्त्रालय र केशव पोखरेललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारीमा पठाउन लागेको हो ।
एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजनामन्त्री भइसकेका छन् ।
मंगलबार बागमतीमा ११ मन्त्रालय बनाउने निर्णय भएकोमा एमाले र माओवादीले चार-चार तथा राप्रपाले तीन मन्त्रालय पाउने सहमति भएको छ ।













