रास्वपा सरकारबाट नबाहिरिने, गृह मन्त्रालयको दाबी पनि नाछाड्ने
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका सभापति रवि लामिछानेले नागरिकता विवादमा सबै पद गुमाएपछि रास्वपा सरकारमा बस्ने या नबस्ने अन्योल थियो । तर, आइतबार सभापति लामिछानेले पुरानो नागरिकता सक्रिय बनाएसँगै तत्काल सरकारबाट नबाहिरने निर्णयमा रास्वपा पुगेको हो ।
‘सरकारको सहभागिता निरन्तरता छ । दलीय संयन्त्रमा छलफल गरेर जान्छौँ । भागवण्डामा गृह मन्त्रालय हाम्रोमा परेको हो । दाबी रहन्छ,’ रास्वपाका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले भने ।
नागरिका सक्रिय बनाएलगत्तै बसेको रास्वपका केन्द्रीय कमिटी बैठकले लामिछानेलाई सभापतिमा चयन गरेको थियो ।













