प्रधानमन्त्री दाहाललाई भेट्न मेयर बालेन बालुवाटारमा

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र  काठमाडौं महानगरपालिकाका मेयर बालेन  शाहबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर शाहले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

काठमाडौं महानगरभित्रका सुकुम्बासी बस्ती हटाउन सरकारको साथ माग्न उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको बुझिएको छ ।थापाथलीस्थित बागमती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन मेयर शाहले संघीय सरकारको साथ खोज्दै आएका छन् ।

रवि लामिछाने गृहमन्त्री हुँदा पनि यसअघि सहयोग गर्न आग्रह गर्दै आएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ