आज आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा बन्द हुने
थानकोट ।
नेपाल चिकित्सक सङ्घले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको सङ्घको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको थियो । राष्ट्रपति बिदादेवी भण्डारीको सवारीको क्रममा शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सक माथि प्रहरीले गरेको हातपातको विरोधमा आज आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय लिएको हो ।















