नागढुङ्गामा विशेष ट्राफिक जाँच, २५ जना चालकलाई जाँच गर्दा ११ जना लापसे कर्ता
थानकोट ।
नागढुङ्गामा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ११ जना चालकलाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले शुक्रबार राति १० बजेदेखि साढे ११ बजेसम्म २५ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ११ जनाले लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएको थियो प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी नारायण प्रसाद अधिकारीले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बा. २ ख. १२४४ नम्बरको हाइसका चालक धादिङका ईश्वर श्रेष्ठ, ग. १ ख. २७७२ नम्बरको हाइसका चालक धादिङकै नारायण परियार, बा. २ ख. २०७४ नम्बरको हाइसका चालक धादिङकै ३२ वर्षीय विकास मिजार, ग. १ ख. २९५९ नम्बरको हाइसका चालक गोरखाका नरेश गुरुङ, ग. १ ख. २९५७ नम्बरको हाइसका चालक बाराका राम प्रसाद आचार्य, ग. १ ख. २८१९ नम्बरको हाइसका चालक कास्कीका नविन बिक, प्रदेश २-०३-००१ ख ०५१९ नम्बरको बसका चालक सर्लाहीका नजाम हुसेन, बा. ८८ प. २४७५ नम्बरको मोटरसाइकलका चालक भोजपुरका श्याम कुमार तिरुवा, ना ७ ख ६२२४ नम्बरको ट्रकका चालक बाराका जयराम साह तेली, ना ४ ख ७१९५ नम्बरका ट्रकका चालक ललितपुरको गोदावरी ३ का विक्रम दमाई र बा ४ ख ६२९ नम्बरको टिपरका चालक धादिङका अशोक घिमिरेलाई नियन्त्रणमा प्रहरीले लिएको हो ।














