१५ हजार घूस रकमसहित समातिए सब-इन्जिनियर प्रविन
थानकोट ।
पोखरा महानगरपालिकामा एक सब-इन्जिनियर १५ हजार घूस रकमसहित पक्राउ परेका छन् ।
वडा नम्बर २८ को कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रविन विकलाई सेवाग्राहीसँग घूस लिएको आरोपमा समातिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारका अनुसार, बाटो निर्माण कार्यमा जग्गा मिल्नेगरी बाटो लगिदिने बहानामा सेवाग्राहीसँग उनले घूस लिएका थिए । सूचना एवं उजुरी निवेदनका आधारमा पोखराबाट खटिएको आयोगको टोलीले सब-इन्जिनियर बिकलाई घूस रकमसहित पोखरा महानगरपालिका १४, चाउथेबाट शुक्रबार नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।











