मोटरसाइकल दुर्घटनामा पतिको मृत्यु, पत्नी र छोरीको अवस्था गम्भीर

Thankot Times

थानकोट । 

आफन्त भेट्न आउँदै गरेका प्युठानका एक व्यक्तिको दाङमा मोटरसाइकल दुर्घटनामा परी बाटोमै मृत्यु भएको छ। उनका श्रीमती र छोरी गम्भीर घाइते छन्।

प्युठान, नौबहिनी गाँउपालिका वडा नम्बर ६ का ३२ वर्षीय राजन केसीको उपचारका क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

राजनकी श्रीमती २६ वर्षीया सन्ध्या केसी र २ वर्षीया छोरीको अवस्था गम्भीर रहेको डिएसपी तथा जिल्ला प्रहरी प्रवक्ता राजन गौतमले  बताए। उनीहरू दुवै अचेत छन्। उनीहरूको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

आइतबार बेलुका  ६ बजेतिर घोराहीबाट लमहीतर्फ जाँदै गरेको ०३–००१ क ०१६९ नम्बरको मिनी ट्रकले राजनले चलाएको बागमती प्रदेश ०२–०१६ प ३६५७ नम्बरको मोटरसाइकललाई घोराही–लमही सडक खण्डको घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुइरेपानीमा ठक्कर दिएको थियो। 

प्रवक्ता गौतमका अनुसार उनीहरू दाङमा एक जना बिरामी आफन्तलाई भेट्न भनेर घोराहीतर्फ आइरहेको खुलेको छ। छोरीलाई मोटरसाइकलको बीचमा राखेर यात्रारत उनीहरूलाई कुखुरा बोक्ने मिनी ट्रकले ठक्कर दिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ