घरबाट कतै निस्कदैं हुनुहुन्छ कि ! ख्याल गर्नुहोस आजको माैसम

Thankot Times

थानकोट । 

देशका केही भागमा आज वर्षा हुने सम्भावना रहेको छ । कोसी प्रदेशका थोरै स्थानमा बिहानैबाट हल्का वर्षा भइरहेको छ ।

आज बिहान  कोसी र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मेघगर्जन, चट्याङसहित हावाहुरीको पनि सम्भावना रहेकाले यसबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन पनि विभागको आग्रह छ । 

हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ