भारत, पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का, पश्चिम नेपालमा समेत महशुस
थानकोट ।
भारत, पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । नेपालमा पनि केही भूभागमा धक्का महसुस गरिएको छ ।
अफगानिस्तानको फैजाबाद केन्द्रविन्दु भएर गएको भूकम्पको कारण कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।
मंगलबार राति अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रविन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको कडा झड्का अफगानिस्तानसँगै पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो ।
पाकिस्तानको अब्बोटावाद शहरमा भूकम्पका कारण पहिरो जाँदा बाटो पनि बन्द भएको सीएनएनले जनाएको छ ।
भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्ली, राजस्थान, जम्मु कश्मीरका पनि महसुस गरिएको थियो ।
उत्तर प्रदेशको पश्चिमी क्षेत्रका साथै राजस्थानका जयपुर, सिकर, करौली लगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।










