काठमाडाैंमा भर्खरै भयानक सवारी दुर्घटना, सातवटा सवारीसाधन ठोकिँदा ८ जना घाइते
थानकोट ।
काठमाडाैं चक्रपथ अन्तर्गत चप्पल कारखाना चोकमा सातवटा सवारीसाधन एकआपसमा ठोकिँदा ८ जना घाइते भएका छन् ।
बिहीबार दिउँसो मार्वल बोकेको गाडी, एउटा कार, एउटा हाइस र चारवटा मोटरसाइकल एकआपसमा ठोकिएका हुन् ।
घाइतेमध्ये ७ जनाको ह्याम्स अस्पताल र एक जनाको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।










