सुप्रसिद्ध रेडियोकर्मी कृष्णा ताम्राकारको निधन
थानकोट ।
नेपालकी चर्चित रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ।
८६ वर्षीया ताम्राकारको बिहीबार राति न्युरो अस्पतालमा निधन भएको रेडियो नेपालले जनाएको छ।
रेडियो नेपालकी चर्चित समाचार वाचिका ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन्।
उनको शुक्रबार दाहसंस्कार गरिने जनाइएको छ ।












