मेडिकल काउन्सिलको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७१.४३ प्रतिशत उत्तीर्ण

Thankot Times

थानकोट । 

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा (विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षा)मा ७१.४३ प्रतिशत  पास भएका छन्।

काउन्सिलले शुक्रबार ४३ विधामा सञ्चालन गरेको २५औं विशेष परीक्षामा ४२० जना परीक्षार्थीहरु सहभागी थिए।

जसमा ३०० जना उत्तीर्ण भएका छन् भने११९ जना अनुत्तीर्ण भएका छन्।

१ जनाको नतिजा रोक्का भएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

यस अगाडि मंसिर ९ गते गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७४.१६ प्रतिशतउत्तीर्ण भएका थिए।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *