थप १२४ जनामा कोभिड संक्रमण पुष्टि

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ५ सय ६६ जनाको नमुना परीक्षण गर्दा १ सय २४ संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमित ४ सय ४४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालका आई.सी.यु र भेन्टिलेरमा गरी १४ जना उपचाररत छन् भने संस्थागत्त आईसोलेसनमा २१ जना उपचाररत रहेका छन् ।

मन्त्रालयले पछिल्ला दिन कोभिड संक्रमितहरुको संख्या बढ्दै गएको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *