थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट । 

नेपालमा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४५० को नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यो सँगै ३८६ जना सक्रिय संक्रमित पुगेका छन् ।

पछिल्लो २४ घण्टामा ६६ जना संक्रमणमुक्त भएका छन् । 

संस्थागत आइसोलेसनमा २१, आइसीयुमा ७ तथा भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *