कीर्तिपुर नगरपालिकामा आज शोक बिदा, बिहान ९ः४५ बजे नगरपालिका कार्यालयमा शोक सभा
थानकोट ।
बैशाख १ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भइ उपचाररत वडाध्यक्षको निधन भएपछि आज कीर्तिपुर नगरपालिकाले नगरक्षेत्र भित्र शोक बिदा दिएको छ ।
कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामराजा अधिकारीको आइतबार निधन भएको थियो ।
वडाध्यक्ष अधिकारीको निधनको शोकमा कीर्तिपुर नगरपालिकाले भोलि वैशाख ११ गते सोमबार नगर क्षेत्रमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
अधिकारी २०७९ बैशाख ३० को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै वडाध्यक्षमा विजयी भएका थिए ।
यसैबीच कीर्तिपुर नगरपालिकाले आज बिहान ९ः४५ बजे नगरपालिकाको प्राङ्गणमा शोक सभा आयोजना गर्ने भएको छ । नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले सबै नगरबारीहरूमा सो शोकसभामा सहभागिता जनाउन अनुरोध गर्नुभएको छ।













