शोकमा कीर्तिपुर, कार्यपालिका सदस्य दानकोटीको निधन, भोलि मंगलबार पनि शोक बिदा

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम दानकोटीको निधन भएको छ । ५३ वर्षीय दानकोटीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा सोमबार दिउँसो निधन भएको हो । दानकोटी कीर्तिपुर नगरपालिका ०६ का निर्वाचित वडा सदस्य थिए ।

उनको निधनमा नगरपालिकाले भोलि मंगलबार नगरमा सार्वजनिक बिदा दिएको छ । सोमबार नगरले कीर्तिपुर ४ का वडाध्यक्ष श्यामराजा अधिकारीको निधनमा नगरमा सार्वजनिक बिदा दिएको थियो ।

यसैबीच दिवंगत वडाध्यक्ष अधिकारीको सोमबार विष्णुदेवी घाटमा अन्त्येष्टी गरिएको छ ।

हजाराैं शुभचिन्तकहरूले अधिकारीको बिदाई गरेका छन् । सोमबार साँझनै वडा सदस्य एवं कार्यपालिका सदस्य दानकोटीको पनि विष्णुदेवी घाटमा अन्त्येष्टीको तयारी गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *