मकवानपुरमा ट्रयाक्टर दुर्घटना, ३ जनाको मृत्यु

Thankot Times

थानकोट ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ मा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मनहरी–३ कालिदमारमा गएराती मिलडाँडातर्फबाट हाँडिखोलातर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ त ७१८८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा तीन जनाको मृत्यु भएको हो ।

ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर–३ हाँडिखोलाका २४ बर्षीय राजकुमार प्रजा, ३० बर्षीय बिरमान रुम्बा, मनहरी- ४ सालघारीका २० वर्षीय प्रविण प्रजा रहेका छन् ।

घाइते भएका राजकुमारको चुरेहिलमा र अन्य दुईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

दुर्घटना घाइते मनहरी–३ का २४ बर्षीय अमृत प्रजा र ४५ बर्षीय जोखलाल प्रजाको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *