सीतापाइलाको एक रेस्टुरेन्टमा भीषण आगलागी
थानकोट ।
काठमाडौंको सीतापाइलास्थित मिन्ट लिफ रेस्टुरेन्ट एन्ड धराने सेकुवा हाउसमा लागेको आगो मंगलबार अबेर नियन्त्रणमा आएको छ ।
नागार्जुन नगरपालिका-५ मा रहेको सो सेकुवा हाउसमा राति साढे ९ बजेदेखि लागेको आगलागी नियन्त्रणमा आएको हो । आगलागीमा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरी लगायत वारुण यन्त्रको मद्दतले आगलागी नियन्त्रणमा आएको प्रहरीको भनाई छ ।












