धादिङमा गुडिरहेको बसमा आगलागी, सबै यात्रु सकुशल

Thankot Times

थानकोट । 

शनिबार त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेशी-९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ ।

नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौंका लागि छुटेको ग १ ख ४८४७ नम्बरको बसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी ) गौतम मिश्रले जानकारी दिए ।

३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल छन् ।

बसका सिट भने जलेर नष्ट भएका छन् ।

बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ