महानगर प्रमुख बालेनको आह्वान- भ्रष्टाचारी नेतालाई सिधै बागमतीमा चोपाल्नुस

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेको प्रदर्शन र त्यसमा राजनीतिक दलका नेताहरूको सहभागिताप्रति विमति जनाएका छन् । उनले यसरी भ्रष्टाचारविरुद्ध आन्दोलन भनेर सडकमा उत्रिनु भन्दा भ्रष्टाचारीलाई कारबाहीकाे नीति बनाउनु लाग्नुपर्ने बताएका छन् ।

भ्रष्टाचारी नेता काे हाे र उसकाे घर कहाँ हाे सबैलाई थाहा भएकाे भन्दै बालेनले त्यस्ता नेतालाई सिधै बागमतीमा लगेर चाेपल्न पनि आह्वान गरेका छन् । उनले जनताको नेताले सडक नाटक बन्द गरेर भ्रष्टाचारीलाई कारबाही गर्ने नीति बनाउनुपर्ने उल्लेख गरेका छन् ।

शनिबार काठमाडाैंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएकाे थियाे, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरू सहभागी भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *