रविभवनमा टिपरको ठक्करबाट बालक गम्भीर घाइते

Thankot Times

थानकोट ।

कलंकी रविभवन ओरालोमा टिपरको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् ।

अन्दाजी १४ वर्षीय पवन तामाङलाई गएराति करिब १ बजे नम्बर खुल्न नसकेको पहेँलो रङको टिपरले ठक्कर दिएको थियो ।

महांकालमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ ।

दुर्घटना पश्चात टिपरसहित फरार रहेका चालकको प्रहरीले खोजी गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *