काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा
थानकोट ।
काठमाडौं उपत्यकामा आज बिहानैदेखि वर्षा भइरहेको छ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले उपत्यकाका केही स्थानमा बिहानैदेखि वर्षा भएको मौसमविद् सविना शाक्यले जानकारी दिइन्।
उपत्यकामा बिहानै बादल लागेका कारण भिजिविलिटी पनि कमजोर भएको छ।
उपत्यका आसपासका जिल्लाहरूमा पनि पानी पर्ने क्रम सुरू भएको मौसमविद् शाक्यले जानकारी दिइन्।












