बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गयो

Thankot Times

थानकोट । 

बाजुरा केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बडीमालिकाको उत्तरतर्फ भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।

बिहान ७ बजेर ३८ मिनेटमा गएको भूकम्पको तीव्रता ४.४ म्याग्निच्युड रहेको केन्द्रले जनाएको छ ।

यसअघि आइतबार सङ्खुवासभा जिल्लाको बाला केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *