पछिल्लो ११ महिनामा नेपालीहरूले १ करोड नौ लाख ९० हजार रुपैयाँको टुथपिकले दाँत कोट्याए
थानकोट ।
नेपालमा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ११ महिनामा विभिन्न देशबाट एक करोड नौ लाख ९० हजार रुपैयाँको टुथपिक्स आयात भएको छ ।
भन्सार विभागका अनुसार २०७९ साउन १ गतदेखि २०८० जेठ मसान्तसम्ममा नेपालले उक्त टुथपिक्स आयात गरेको हो ।
उक्त रकममा ३३ हजार ९८५ केजी टुथपिक्स नेपाल भित्रिएको छ ।
चीन, भारत र थाइल्यान्डबाट नेपालले टुथपिक्स आयात गर्ने गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा नेपालले दुई करोड ५३ लाख ५२ हजार रुपैयाँको टुथपिक्स आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।














