सुनको मूल्य तोलामा ८ सय रूपैयाँले घट्यो
थानकोट ।
नेपाली बजारमा बिहीबार कीर्तिमान कायम गरेको सुनको मूल्य शुक्रबार भने प्रतितोलामा ८ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा भइरहेको छ।
बिहीबार १ लाख १३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
जुन नेपालमा अहिलेसम्मकै उच्च मूलय थियो।
शुक्रबार तेजावी सुनको कारोबार प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा भइरहेको छ।
चाँदीको कारोबार १४ सय ८० रुपैयाँमा भइरहेको छ। शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ कम हो।














