चन्द्रागिरि नगर प्रहरीमा २५ जना माग हुँदा २९९ जनाको आवेदन, ८ चरणमा परीक्षा सञ्चालन हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगर प्रहरी सेवामा कर्मचारी माग गर्दा आवेदन दिनेको संख्या उल्लेख्य पाइएको छ ।
नगरपालिकाले छैटौं तहका लागि नगर प्रहरी निरीक्षक १ जना, नगर सहायक प्रहरी निरीक्षक चौथो तहमा एक जना र जवान पदमा ८ जना महिला सहित २३ जना नगर प्रहरीका लागि दरखास्त आह्वान गरेको अन्तिम दिन हिजो साउन ८ गतेसम्म कुल २५ पदका लागि २९९ जनाले आवेदन पेश गरेको नगरपालिकाको प्रशासन शाखाले जनाएको छ।
चन्द्रागिरि नगरले माग्यो ८ जना महिलासहित २५ जना नगर प्रहरी (सूचनासहित)
जस अनुसार छैटौं तहका लागि नगर प्रहरी निरीक्षक १ पदका लागि ४ जनाले आवेदन दर्ता गराएका छन् । यसैगरी नगर सहायक प्रहरी निरीक्षक चौथो तहको १ पदका लागि २० जना तथा जवान पदमा ८ जना महिला सहित २३ स्थानका लागि २७५ जनाले दरखास्त पेश गरेको बताइएको छ ।
प्राप्त आवेदनमाथि आवश्यक प्रकृया पूरा गरी यथासिघ्र छनोट प्रतियोगिता सुरू हुने नगरपालिकाले जनाएको छ। नगरले नगरप्रहरीका लागि यस अघि नै पाठ्यक्रम सार्वजनिक गरिसकेको छ ।
पाठ्यक्रम अनुसार विभिन्न ८ वटा चरण पार गरेपछि परिक्षार्थीहरू अन्तर्वाताका लागि छनोट हुने बताइएको छ। जसमा शरिरमा ट्याटु खोपेको, कपाल फुलेको, २ वटा भन्दा धेरै दाँत किराले खाएका परिक्षार्थीहरू नगर प्रहरी पदका लागि अयोग्य हुने नगरले जनाएको छ ।
यस्तो छ चन्द्रागिरि नगरको प्रहरी सेवाका लागि पाठ्यक्रम
















कहिले प्रवेश पत्र बाड्ने भन्ने कुरा को कुनै update छैन कि के हो अहिले के हो कहिले बाट सुरु हुन्छ अब ।🤔🤔🙏