पहेंलो धातु सुनको मूल्यमा सामान्य बढोत्तरी
थानकोट ।
नेपाली स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अनुसार यस दिन चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर कारोबार भएको छ ।
चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।














