सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँमा करोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *