गोलभेँडाको मूल्यले आकाश छोयो, काठमाडाैंमा १ किलो गोलभेँडाको मोल १५० रुपैयाँ

Thankot Times

थानकोट ।

बुधबार नेपाली बजारमा गोलभेँडाको मूल्य प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार गोलभेँडा ठूलो (नेपाली) को अधिकृत मूल्य प्रतिकिलो १५० रुपैयाँ कायम भएको हो । 

यस्तै गोलभेँडा सानो (नेपाली) को ६० तथा सानो (टनेल) को गोलभेँडाको मूल्य पनि प्रतिकिलो १०० रुपैयाँ पुगेको छ । 
भारतीय गोलभेँडा आउन छाडेसँगै नेपाली बजारमा मूल्य आकाशिन पुगेको बताइएको छ । 

करिब एक महिनाअघि गोलभेँडाको मूल्य १० रुपैयाँ प्रतिकिलो भएपछि व्यापारीले भ्याटको बहानामा फालेर विरोध समेत गरेका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *