सुनचाँदीको मूल्य घट्यो
थानकोट ।
कारोबार हुने साताको पाँचाै दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो ।
बिहीबार छापावाल सुन तोलाको एक लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलाको एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख नौ हजार ८५० रुपैयामा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ ।
चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














