गुर्जुधाराबाट समातिए ‘प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै लाखाैं रूपैयाँ ठग्ने नरेश

Thankot Times

थानकोट ।

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाल्पाकाे तानसेन नगरपालिका-३ घर भई चन्द्रागिरि नगरपालिका गुर्जुधारा बस्दै आएका ५८ वर्षीय नरेश गाैतम रहेका छन् । उनलाई बिहीबार काठमाण्डाैबाट पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

गाैतमले दाङकी २२ वर्षीया युवतीलाई प्रहरी जवानमा भर्ना गराएर जागिर लगाइदिन्छु भन्दै पटक-पटक गरेर दुई लाख रुपैयाँ लिएर ठगी गरेका थिए ।

पीडित युवतीले उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

काठमाण्डाैबाट पक्राउ गरी दाङ लगिएका उनीविरुद्ध ठगी कसुरमा १२ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले जानकारी दिनुभयाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *