लगातार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा ६ सय रूपैयाँले बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा लगातार चार दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ६०० रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुन तोलामा एक लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिका चार दिन सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *