कीर्तिपुर र मच्छेगाउँको सीमा क्षेत्रमा आतंक मच्चाउने चितुवा मृत भेटियो
थानकोट ।
भदौ ७ गते चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँ र कीर्तिपुर नगरपालिका ४ को थापागाउँ क्षेत्रमा आतंक मच्चाउने चितुवा मृत अवस्थामा भेटिएको छ ।
स्थानीय पुण्यप्रसाद तामाङको कुखुरा फार्ममा पसेको चितुवा रक्ताम्मे अवस्थामा भदाै ७ गते बिहान ११ बजे नियन्त्रणमा लिने क्रममा भागेको थियो ।
कीर्तिपुर प्रहरी वृत्त प्रमुख डिएसपी राजु लामाले सो चितुवा मंगलबार कीर्तिपुरस्थित जनजाति संग्रहालय भवनकाे काेठामा मृत फेला परेकाे जानकारी दिएका छन् ।
घटनास्थलमा डिभिजन वन कार्यालयको टाेली पुग्दै गरेको विवरण कीर्तिपुरका सञ्चारकर्मी वीरेन्द्र शाक्यले दिएका छन् ।
सो चितुवाको आक्रमणमा परी भदाै ७ गते एक जना घाइते भएका थिए ।
तस्बिरः किशाेर भण्डारी
मच्छेगाउँनजिकै कुखुराको खोरमा पसेको चितुवा घाइते अवस्थामा जंगलतर्फ भाग्यो














