सुन र चाँदीको मूल्य घट्यो
थानकोट ।
कारोबार हुने साताको चाैथो दिन बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य गिरावट आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
बुधबार छापावाला सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ४०० रुपैयाँ, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ४३० रुपैयाँमा तोकिएको छ ।
मंगलबार छापावाला सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ७००, तेजाबी सुनको मूल्य १ लाख १२ हजार १५० र चाँदीको मूल्य १ हजार ४४५ रुपैयाँ तोकिएको थियो ।













