स्थानीय निर्वाचनः चन्द्रागिरि नगरको मतगणना स्थलमा फलामे जाली तथा सिसीटिभी
थानकोट ।
चन्द्रागिरिमा नगरमा शुक्रबार हुने स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको बताइएको छ ।
निर्वाचन अधिकृत सिर्जना थपलियाका अनुसार नगरका सबै २२ मतदान केन्द्रमा आवश्यक तयारी सकिएको छ भने मतगणनास्थल समेत तयार भएको छ ।
चन्द्रागिरि नगरका सबै १५ वटा वडाको मत परिणाम चन्द्रागिरि नगर कार्यपालिकाको सभा हलमा गणना हुनेछ । मतगणना स्थल सुरक्षाका लागि जाली तथा सिसीटिभी राख्ने काम समेत सकिएको छ।













