नवनियुक्त न्यायाधीशहरूद्वारा शपथ ग्रहण

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतका नवनियुक्त चार जना न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश डा शर्माले नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथग्रहण गराएका हुन् । .

न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज सर्वोच्च अदालतका लागि चार न्यायाधीशलाई नियुक्त गरेका थिए।

यसअघि, प्रस्तावित चारै न्यायाधीशको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो ।

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *